जापानीहरुको रोमान्स : ५० वर्षमा विवाह, तै पनि सहि समय !

टोकियो । माया, रोमान्स र विवाहको लागि उमेरको सिमा हुँदैन भन्ने कुरालाई पुष्टि गर्दै धेरै जापानीज नागरिकहरुले ५० वर्षको आसपासमा विवाह गर्न थालेका छन् ।

उनीहरुले पहिलो, दोस्रो र कतिपयले तेस्रो विवाह समेत सोही उमेरमा गर्न थालेका छन् । रोमान्टीक सम्बन्धमा रहन चाहाने जोडीहरुले उमेरलाई वास्ता नगरि ४० वर्ष पार गरेसँगै विवाह सम्बन्धहरु कायम गर्न थालेका छन् ।

सन् १९८० को अन्त्य र सन् १९९० को सुरुवाती दशकको देखावटी अर्थव्यवस्थामा बाँचेका जोडीहरुले अहिले विवाहमा बाँधिन थालेका छन् । उनीहरु अहिलेको विश्वव्यापी अर्थतन्त्रको समयमा विवाह गर्न चाहान्छन् भने अघि बढ्न पनि चाहान्छन् ।

‘अहिले धेरै विवाहरु पछाई रहेको समयमा ४० वर्ष पार गरेपछि पनि विवाह गर्नेहरुको संख्या बढेको छ । उनीहरुले पहिलो, दोस्रो वा पछिल्लो विवाह गर्न चाहान्छन् ।’ जापानको राष्ट्रिय अन्वेषण संस्था तथा सामाजिक सुरक्षा रिसर्च संस्थाले भनेको छ ।

उक्त सरकारी अन्वेषण संस्थाका अनुसार सन् २०१५ मा २ हजार ९ सय ५० जना ५० देखि ५४ वर्ष बीचको उमेर भएका पुरुषहरुले विवाह गरेका छन् ।

उनीहरुले सन् १९९० को विवाह दरमा ४.७ प्रतिशतले बृद्धि गर्दै पहिलो विवाह गरेका हुन् । सन् २०१५ मा ११ सय ६९ जना महिलाले पनि पहिलो विवाह गरेका छन् ।

सोही उमेरका दोस्रो विवाह गर्ने पुरुषहरु ७७ सय १० छन् । दोस्रो विवाह गर्ने महिलाहरुको संख्या ६२ सय २२ छ । ५१ वर्षका नाम परिवर्तित हिरोयुकीले आफूले ४९ वर्षको उमेरमा पहिलो विवाह गरेको बताए ।

उक्त विवाह आफू र आफ्नो दुलही दुबै जनालाई पहिलो भएको उनले बताए । उनी व्यवस्थापन तहको स्तरमा टोकियोमा जागिरे छन् ।

उनले पहिले पहिले आफू काममा धेरै व्यस्त भएको कारणले महिलाहरुलाई भेट्ने टाइमधरि नहुने बताए । उनले अहिले विवाह गर्दै गर्दा आफू ५० पुग्नै आँटेको बल्ल याद भएको बताए ।

साथीको सल्लाहमा आफूले एउटा विवाह केन्द्रमा आफ्नो जानकारी दर्ता गराएको बताए । उनले आफूले कम उमेरको युवती खोजेको भएपनि ५१ वर्षकी महिलासँग ठोक्किन पुगेको बताए । उनको जोडीले बताए अनुसार उनीहरु अहिले निकै रोमान्टीक वैवाहिक सम्बन्धमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?