आज ‘पुष्कल शर्मा सांगीतिक धमाका’ र छोटो चलचित्र ‘चेक पोष्ट’ प्रर्दशन गरिने

टोकियो । नेपालबाट आमन्त्रित गायक तथा मोडल पुष्कल शर्मा र जापानमै रहेर लोक गायनमा सक्रिय लोक गायक युवराज आचार्यको साथमा ‘पुष्कल शर्मा सांगितिक धमाका’ हुने भएको छ ।

सो कार्यक्रममा जापानमा छायांकन गरिएको छोटो चलचित्र ‘चेक पोष्ट’ प्रदर्शन गरिने भएको छ । कार्यक्रममा गायक तथा मोडल शर्मा, हिमाली कार्की र लोक गायक आचार्यको बेजोड प्रस्तुती रहने छ ।

गायक तथा मोडल शर्माले आफुले हालसम्मका गीतहरु प्रस्तुत गर्ने बुझिएको छ । गोल्डन विक कार्यक्रमका लागि आएका शर्माको शिनोकुबो स्थित बाराकाडे गुड टाईम्स हलमा मे २१ आईतवार साँझ ६ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?