जापानमा मात्र देख्न पाइन्छन् यस्ता अनौठा चिज, हेर्नुहोस् ७ तस्विर

टोकियो । जापान प्रविधिको मामलामा सवैभन्दा अगाडि छ । तर आज हामी तपाईलाई यस्तो चीज देखाउँदै छौं जुन जापानमा मात्र पाउन सकिन्छ । यी चीजलाई तपाईले अन्य कुनै देशमा देख्नु भएको छैन होला सायद ।

क्याप्सूल होटलः

यस्तो किसिमको होटल तपाईंले कहिपनि देख्नु भएको छैन होला जुन जापानमा देख्न पाइन्छ । यो यस्तो क्याप्सुल होटल हो जसमा ग्रहकले आफ्नो आवश्यकता अनुसार जुन क्याप्सूल पनि भाडामा लिन सक्छन् ।

सवैभन्दा सानो लिफ्ट

तपाईले सपिङ मलहरुमा या ठूला ठूला भवनहरुमा एक्सिलेटर भ¥याङ चढ्नु भएको होला तर जापानका विभिन्न सहरमा यस्ता सानाखालका भ¥याङ लिफ्टहरु पाइन्छन् ।

विवाह नगरेका लागि विशेष तकिया

जापानमा व्यस्तता लगायतका कारणले युवाहरुले लामो समयसम्म विवाह गर्दैनन् । तर त्यस्ता पुरुषहरुका लागि लक्षित गर्दै जापानका युवतीका आकार प्रकारका विशेष किसिमका तकियाहरु बनाइएको छ ।

जसको माग जापनमा उच्च रहेको छ भने पछिल्ला दिनहरुमा अन्य देशहरुमा समेत यसको माग हुने गरेको छ । जसले युवतीको साथको महसुस गराउँछ । विवाह नभएका महिलाका लागि विशेष तकिया जापानमा एक्लै रहेका पुरुषहरुले जस्तै महिलाले पनि विशेष किसिमको तकिया प्रयोग गर्ने गरेका छन् । यस्तो तकिया विश्वका अन्य देशहरुमा प्रयोग हुन्न ।

चिउडोलाई आराम

कामबाट थाकेका मानिसले आफ्नो चिउडोलाई अड्याउन मिल्ने गरि बनाइएको एक प्रकारको अनौठो लठ्ठी जापानमा प्रयोग हुन्छ । काममा थकान भएका मानिसले रेलमा आफ्नो चिउडो विशेष खालको यो लौरोमा चिउडो अड्याएर आराम गर्ने गर्छन् । यस्तो प्रकारको आराम गर्ने लौरो अन्य मुलुकमा पाइदैन ।

अनौठो छाता

आज भोलि मानिसहरु बोक्न सजिलोका लागि साना, झोलामा अट्ने खालका छाताहरुको प्रयोग गर्छन् । तर जापानमा अनौठो खालका छाता पाइन्छ । जसको प्रयोगले जत्रो पानी पर्दा समेत जिउमा एक थोपा पानी पर्दैन । यो छाता वरीपरिवाट प्लास्टिकले ढोकेको हुन्छ ।

बत्तिबल्ने स्कर्ट

जापान फेसनको मामलामा पनि निकै अघि रहेको छ । जापानका युवतीहरुले एलइडी बत्ती बल्ने स्कर्टहरु लगाउने गरेका छन् । जुन विभिन्न रंगमा उपलव्ध हुन्छ । यो जापानमा मात्र पाइने स्कर्ट हो ।

ट्रेन पुशर्स
जापानको मेट्रो रेलमा यस प्रकारको दुश्य देख्न पाइन्छ । सरकारले नै रेलमा मानिसलाई धकेल्नका लागि मानिसहरु नियुक्त गरेको हुन्छ । मानिसहरुको चपा भएको स्थानमा ढोकामा उभिएका मानिसलाई उभिएर पठाउन ट्रेन पुशर्सले काम गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?