यस्तो बन्यो ‘धुर्मुस सुन्तली साँझ २०१७’ को आधिकारिक प्रोमो

टोकियो । नेपालको तीन जिल्लाका छुट्टा छुट्टै समुदायका गरिब तथा सिमान्तकृत समुदायका लागि एकीकृत नमुना वस्ती निर्माण सम्पन्न गरेका धुर्मुस–सुन्तलीको यति बेला संसारभरका नेपाली समुदायले प्रशंसा गरिरहेका छन् । उनै धुर्मुस–सुन्तलीको सम्मानमा जापानमा हुन लागेको धुर्मुस सुन्तली साँझ २०१७ को अफिसियल प्रोमो सार्वजनिक भएको हो ।

आयोजक सनराइज कर्पोरेशनले अप्रिल ३० तारिख नाकानो जिरो हलमा हुने ‘धुर्मुस सुन्तली साँझ २०१७’ को आधिकारीक प्रोमो सार्वजनिक गरेको छ । प्रोमोमा धुर्मुस सन्तलीले भूकम्प पछि निर्माण गरेका तीन वटै एकीकृत नमुना वस्तीलाई फिचरिङ गरिएको छ ।

साथै उनीहरुले देखाउने सम्भावित प्रहसनलाई समेत समावेश गरिएको छ । साथमा चर्चित कार्यक्रम संचालक दिनेश डिसी, पप गायक दिपक बज्राचार्य र कलाकार बांगे बाको फिचरीङ समावेश गरिएको छ । प्रोमोले धुर्मुस सुन्तली साँझको सम्भावित चित्र पस्किएको आयोजकले जनाएको छ ।

भूकम्प पीडित र अतिविपन्न समुदायका बासिन्दालाई एकीकृत आवास निर्माण गरि उदाहरणीय काम गरेका कलाकार द्धयलाई अभिनन्दन गर्न र उनीहरुको अभियानमा साथ दिनका लागि सनराईज कर्पोरेशनले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?