प्रधानमन्त्री आबेले ल्याए विदेशी कामदारलाई प्रत्यक्ष फाइदा हुने नयाँ कानुन

टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबेले नोभेम्बर एक देखि लागू हुनेगरि एक कानून लागु गर्ने भएका छन्, जसले कम्पनी तथा किसानका साथै सरकारी कार्यक्रमको मातहतमा रहेका विदेशी कामदारले समेत अधिकारलाई सिमितता गर्ने छ ।

कानूनका अनुसार जसले विदेशी प्रशिक्षणकर्ताको मनव अधिकार हनन् गर्ने कम्पनीलाई कारबाही गर्ने छ ।

जसलाई अवैध रुपमा लामो समयसम्म काम गर्न लगाइन्छ र पारिश्रमीक दिइदैन भने उनीहरुलाई कडा कारवाही गरिने छ । विकसित देशको सीपलाई हस्तान्तरण गर्नका लागि १९९३ देखि विदेशीका लागि प्रशिक्षण कार्यक्रम ल्याइएको थियो ।

तर यसको दुरुपयोग हुने गरेको भन्दै आलोचना हुने गरेको थियो । यो परिवर्तन विदेशी कामदारले पहिलो पटक कामका क्रममा र प्रशिक्षणका क्रममा देख्न पाउने छन् ।

यो कार्यक्रममको माध्यमबाट सुरुमा कृषि तथा मत्स्य उद्योग प्रभावित हुनेछन् । जापान सरकारले पहिलो पटक ल्याउन लागेको यस्तो कानुनले विदेशी श्रमीकहरुलाई प्रत्यक्ष लाभ पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?