सम्राट अकिहितोकै लागि विशेष कानुन बन्दै, त्यो पनि एक पटकका लागि मात्रै

टोकियो । जापानको संसदले प्रधानमन्त्री सिन्ओ आबेलाई एक रिपोर्ट बुझाएको छ, जसमा सम्राट अकिहितोलाई गद्दी त्याग्नका लागि एक विशेष कानुन लागु गर्न आह्वान गरिएको छ ।
संसदको तल्लो सदनका सभामुख तथा माथिल्लो सदनका अध्यक्षले संयुक्त रुपमा गद्दी त्यागका बारेमा निर्णायक अधिकार दिनका लागि सत्तारुढ तथा विपक्षी दलका सांसदहरुसँगको छलफल पछि यो रिपोर्ट तयार पारिएको थियो । यस पछि सदनका प्रमुख र उपप्रमुखले प्रधानमन्त्री आबेलाई भेटी शुक्रबार साँझ यो रिपोर्ट बुझाएका थिए ।
सम्राटले गत अगस्टमा टेलिभिजनमा सम्बोधन गर्दै गद्दी त्याग गर्ने बताउका थिए । यसपछि संसदमा गद्दी त्यागका लागि आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि निरन्तर छलफल चलिरहेको छ ।
रिपोर्टमा यस्तो विशेष कानुन एक पटकका लागि मात्रै हुने उल्लेख गर्नुपर्ने लेखिएको छ । भविष्यमा संसदले आफ्नो विशेष अधिकार प्रयोग गर्न पाउनेगरि कानुन तय गर्न पनि सुझाव दिइएको छ ।

सम्राटले उमेरका कारण आफुले राज्यप्रतिको कर्तब्य पालना गर्न नसकेकाले गद्दी त्याग गर्ने उल्लेख गरेका थिए । यस कारण पनि सम्राटका लागि मात्रै लागु हुनेगरि एक पटकका लागि भन्दै कानुन ल्याइनुपर्ने उल्लेख गरिएको हो । जापानमा राजसंस्थालाई अत्यन्तै सम्मान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?