चलचित्र ‘लुट २’ जापानमा प्रदर्शन हुने(ट्रेलर सहित)

जापान । हाल नेपालमा निर्माण भैरेहका चलचित्र मध्ये सर्वाधिक चर्चा कमाईरहेको नेपाली चलचित्र ‘लुट २’ जापान भर प्रदर्शन हुने भएको छ ।

जापानमा प्रर्दशनको अनुमति आएको टाेकियाे ड्रिम्सकाले पहिलो सो फेब्रुअरी १५ र दोश्रो सो मार्च ५ तारिकका दिन टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा हुने जनकारि दिएको छ ।

पहिलो सोका लागि दर्शकहरुले यतिवेला धमाधम टिकट बुकिंग गरि रहेका छन् भने दोश्रो सोको पनि टिकट बुकिंग खुल्ला गरिएको छ ।

निश्चल बस्नेत निर्देशित ‘लुट २’मा दयाहाङ रार्इ, सौगात मल्ल, कर्मा, ऋचा शर्मा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रको सर्वाधिक चर्चामा रहेको गीत ठमेल बजारमा यतिवेला युटुव मार्फ भाईरल बनिरहेको छ भने चलचित्रको ट्रेलर पनि धेरै पटक हेरिएको भिडियो मध्येमा परेको छ ।

चलचित्र ‘लुट’ले चार वर्षअघि पाएको सर्वाधिक चर्चाका कारण बहुप्रतिक्षित बनेको दोश्रो सिक्वेल ‘लुट २’ को जापानका विभिन्न शहरहरु ओसाका, नागोया, फुकुओका, तोचिगी, सिजुओका लगायतका स्थानमा चलचित्र प्रदर्शनको तयारी भैरहेकाे छ ।

नेपालको वर्तमान परिस्थिति र वेरोजगार युवाहरुको कथामा आधारित निर्माण गरिएको चलचित्र लुट चलचित्रको कथालाई नै निरन्तरता दिईएको बताईएको छ । नेपालमा भने चलचित्र फागुन १३ गतेबाट प्रदर्शन हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?