मैले भोगेको जापान

जापानको बारेमा धेरै लेखहरु पढे । धेरै समाचारहरु सुनिसकेपछि अब लेख्न पर्ने समय आएको छ । यो लेखले हजारौ सपना सजाएर जापान आउन खोज्ने मेरा सबै भाईबहिनि हरुलाई आफ्नो जिबनको नक्सा कोर्न अलिकति भएपनि प्रेरणा मिल्ने अपेक्षा गरेको छु । मेरो लेखको सुरुवात जापान आउँदाको अनुभबबाट सुरुवात भएन भने सायद यो लेख अपुरो हुनेछ ।

भर्खर एसएलसी पास गरेर उच्चशिक्षा अध्ययन गर्न काठमाडौँ आउने बेलासम्म मलाई विदेश भनेको भारत ,मलेशिया ,कतार आदि इत्यादी मात्रै हो जस्तो लाग्थ्यो । जापान ,अमेरिका ,युरोप भन्ने त सपनाको संसार जस्तै लाग्ने गर्थ्यो । यहाँ सम्म कि सपनामा पनि त्यहाँ गएको देख्न सक्दैनथे । जब उच्च शिक्षाको लागि काठमाडौँ आएँ अनि त्यसपछि थाह भयो जापान अमेरिका ,युरोप आदि इत्यादी । म १५ बर्षको हुँदा विदेश जाने भुत चढेको थियो ।

एघार कक्षा पढ्दैगर्दा अग्रज दाजुहरु कोहि ऑस्ट्रेलिया कोहि जापान धमाधम जानथाले अनि लाग्न थाल्यो यिनी पनि देश नै हुन् कोसिस गर्यो भने जान सकिन्छ भन्ने विश्वास मलाई पनि हुन थाल्यो । अनि मैले पनि जापान गएर पैसा कमाएका सपनाहरु देख्न थाले । मेरो नेपाल देखि विदेश जाने तयारि १२ कक्षा पास गरेपछि विधिवत रुपमा सुरु भयो ।

पुतलीसडकका गल्लीहरुमा मैले अष्ट्रेलिया देखि युरोप र जापान जान सहयोग गर्ने परामर्श केन्द्रहरु धाउन थाले । परामर्श केन्द्रका मान्छेहरुले अहिलेनै पुर्याइदिन्छु जस्तो गरि परामर्श दिने गर्थे । कसैले १००% भन्थे त कसैले अलिकति घटाएर ९०% सम्म भन्थे। ६६% ल्याएर १२ पास भएको मलाई ९०% त ३००% जस्तो लाग्थ्यो। त्यतिखेर सबै भन्दा जना सजिलो अष्ट्रेलिया जाने भन्ने हावा चलिरहेको थियो र मपनि त्यहि हावाले उडाएर लागोस भन्ने सपना देख्दै कन्सल्टेन्सी धाएको हुन्थे।
यसरि नै घुम्दै गर्दा बेलायतको आँधी नेपालमा उडेर गयो अनि मलाई पनि सिरेठो ले हान्न थाल्यो । मलाई मात्र हैन संगैका ५/६ जना साथीलाई पनि त्यो सिरोटोले छोडेन । साथीहरुले यो लेख पढे भनेपनि त्यो हावाको महसुस गर्छन् होला । सायद त्यतिवेला बेलायतको हावाले छुने पहिलो ग्रुप नै हाम्रो थियो होला । त्यस्तै हावा लागेर करिब १ लाख लगानी गरेर बेलायतमा पढ्न साथीहरु संगै मिलेर आवेदन दिईयो । तर छैठीमा लेखेको भाग्य कहाँ मेटेर सकिन्थ्यो र मेरो भिसा लागेन ।

डकुमेन्ट को एउटा शब्द (सायद Tier4)ले भिसा मिलेन र पुनः एप्लाई गर्नु पर्ने भयो। तर तेस्को लागि अर्को १ लाख चाहिन्थ्यो र तेस्को रिस्क लिन डर लाग्यो अनि भिसा लागेको साथीको पार्टी खादै बस्दै गर्न बाध्य भैयो।

समयको बहाब संगै बेलायतमा जाने मान्छेको संख्या देखेर होला नेपालका दलालहरुले क्यानाडाको कित्रिम हावा चलाए अनि त्यो हावाले पनि मलाई छुन बाँकी राखेन । अनि क्यानाडाको लागि पनि डेढ लाख बेगारमा बगाइयो। यतिविधि गरेपछि अब राम्रो संग पढेर नेपालमा केहि गर्छु भन्नको लागि न मेरो आर्थिक अवस्थाले दिन्थ्यो ,न मानसिकताले ,न घर परिवारले नै । त्यसैले कुनैपनि हालतमा मैले विदेश जानु नै थियो तर मेरा लागि सबै ढोकाहरु बिस्तारै बन्द हुदै गएका थिए ।
अनि त्यतिबेला मैले विदेश भनेको मलेसिया ,कतार ,र साउदी जस्ता गल्फ हरु मात्र हुन् भनेर सोच्न बाध्य भएको थिए ।
त्यतिबेला पत्रिकामा आउने कतार मलेसियाका विज्ञापन हेर्न बाध्य भएको थिए । विदेश जान भनेर संगै आवेदन दिने धेरै साथीहरु विदेश गईसकेका थिए त्यसकारण पनि म त्यतिवेला त्यसरी बहकिएको थिए । त्यस्तै अन्योलतामा मैले एक जना दाईलाई भेट्न पुगे । तिनै दाई संगै मैले पनि जापानी भाषा सिक्न जान थाले ।

त्यस बिन्दु बाट मेरो जापान जाने यात्राको पहिलो पाईला सुरु भयो । करिब करिब १ बर्ष जापानी भाषा नेपालमा सिकेपछि जापानी भाषाको परिक्षा N4 पास पनि गरे र त्यतिबेला मलाई लागेको थियो भाषामा त म जापानी नै भैसके । हाम्रो ग्रुपमा जापानी भाषामा सबैभन्दा अब्बल म नै हो जस्तो गरि मलाई आत्मविश्वास भएको थियो । त्यहि आत्मविश्वासले मलाई जापानको भिसा लाग्छ भन्नेमा पूर्ण विश्वास थियो ।
भाषा जानेर मात्र नहुने हुँदा जापान जानको लागि म फेरी परामर्श दाताहरुका अफिसहरु धाउन थाले । जापानमा आवेदन दिनको लागि डकुमेन्ट बनाउंदा मैले पाएको दुख साएद आज सम्म कसैले पाएको छ जस्तो मलाई लाग्दैन ।
जे होस् जे जस्तो दुख भए पनि फल राम्रै आयो जापान सरकार ले जापान आउने ढोका खोलिदियो र अनि सुरु भयो जापान को रामकहानी ।

गाउँ घरलाई दंशैंले धपक्कै छोपेको थियो । कोहि घर सिंगार्न ब्यस्त थिए ,कोहि पिङ्ग हाल्न ,कोहि दशैँ को समान किन्दै थिए । तर मलाई त्यो रमाइलोलाई बिचमै छोडेर परिवार लाई रुवाएर विदेशिनु परेको थियो। जापान जाने भनेर बिहानै ४ बजे उठेर लुगा लगाएर आमाले दिएको १ सुर्पी दहि खाएर तुलसीको मोठको पितल को गाग्रीको पानीले अभिषेक गरेर म त्यो दिन घरबाट निक्लिएको थिएँ ।

आमाले रुदै मुखमा नहेरी टिका लगाइदिएको रात जब सम्झन्छु अनि मन पिरो भएर आउछ। खैर यिनी कुरा येस्तै हुन् बिछोड भन्ने कुरा जिन्दगिमा भैरहन्छन ।
हामी ५ जना सपनाको सहर जापानको लागि रातिको ११ बजे नेपालबाट जहाज चढेर हिडियो । कोहि पूर्वका थियौं कोहि पश्चिमका थियौं । जो जहाँका भए पनि नेपाली थियौं सबै मिलेर जापान आएका थियौं ।
जापान भन्ने बित्तिकै सबैले सोच्ने भनेको टोक्यो ,ऒसका,नागोया हो तर हामी यस्तो ठाउँमा जाँदै थियौं कि जापानमा नै रहेका अग्रजहरुले समेत त्यो नाम पहिलो पटक सुनेका थिए । त्यो ठाउँ खागोशिमा थियो । सायद यो लेख पढ्ने मध्य कतिले त अझै सुन्दा पनि अचम्म मान्छन होला । दक्षिण जापानमा रहेको फुकुओका को तल पट्टि को भाग हो खागोशिमा। जहाँ प्राय बिदेशीको यातायातको साधन साइकल हुने गर्छ। मेरो अनुभब भन्नु पर्दा २ या ३ पटक भन्दा मलाई त्यो ठाउँ मा ट्रेन चढ्नु परेन ।

त्यो पनि रहर ले मात्र चढेको थिएँ । जापानमा आउने बिद्यार्थीहरु मध्ये भाषामा सबैभन्दा राम्रो भएर पनि होला अरु साथीहरुमा भन्दा म मा बढी साहस थियो । मुस्किलले आफ्नो नाम भन्न सक्ने साथीहरु त थिए भने मत N4 पास गरेको मान्छे फुर्तिफार्ती नहुने कुरै भएन ।

जापानमा आउने बित्तिकै जापानी स्कूलले जापानी भाषा सम्बन्धि बिद्यार्थीको ज्ञान बुझ्न लाई एउटा परिक्षा लिनेगर्छन त्यो परिक्षा मा राम्रो गरेर संगै अएका साथीहरु भन्दा अलग्गै क्लासमा परें अलिअलि निराश त लाग्यो तर अरु साथीहरु भन्दा जान्ने रहेछु भनेर केहि खुसी पनि मिलेको थियो ।
तर किताबको अलि अलि जानेर मात्र के गर्नु मान्छे बोलेको १ सब्द बुझ्ने हैन । न पसलमा गएर समान किन्ने हिम्मत छ न पैसानै छ । नेपालबाट ल्याएर आएको ट्राभलचेक त छ तर तेस्लाई बेंकमा साट्ने उपाय छैन। आफ्नो पैसाले जुस किन्ने देखि लिएर पैसा सापटी दिएर भाडा कुंडा देखि नुनतेल किन्न सहयोग गर्ने दाईलाई यो लेखमा नसम्झे अन्याय हुन्छ जस्तो लाग्छ ।

भनिन्छ, जिन्दगिमा त्यसले प्रगति गर्छ जसले सपना देख्छ । तर मजस्तो जिन्दगि मा कुनै उदेश्य नभएको मान्छेले काहिले प्रगति गर्छ जस्तो लाग्दैन। एसएलसी सम्म हुदा शिक्षक हुने रहर थियो ,+२ मा ब्याङ्कर हुने रहर थियो अनि जापान आए पछि भयो “एनी हाउ पैसा कमाऊ” । र यहि सपनालाई पछ्याउनु पर्ने भएको थियो मलाई।
सायद अहिलेका भाईबहिनि हरुलाई सुन्दा पनि अचम्म लाग्छ होलाकि जापान आएको ३ महिना सम्म वोर्कपरमिट दिने थिएन स्कूल ले र ३ महिना पछि वोर्क परमिट दिन्थ्यो र काम पाउनलाई अर्को ३ महिना संघर्ष गर्नु पर्थ्यो। टाउको गन्न मिल्ने मात्र बिदेशी भएको ठाउँ जहाँ बिदेशी को अनुहार देख्ने बित्तेकै अर्को ग्रह बाट आएको जस्तो गर्ने त्यी जापानीहरु संग काम मागेर गरिखान त्यति सजिलो थिएन।

त्यो सबैका लागि हाम्रो आशा र भरोशा भनेकै अग्रज दाई(सेंपाई) हरु थिए तर तिनीहरु पनि कोहि व्यस्त भएर सहयोग गर्न सक्ने स्थितिमा थिएनन् ।
कोहि भाषा नभएर सक्ने थिएनन् भने कोहि आफुले जस्तो भोग्यो त्यस्तै भोग भन्ने सोच्थे। तर जसरि पनि फकाउनु त थियो नै । फेरि जापान यस्तो ठाउँ हो जहाँ अग्रज(सेंपाई) भनेपछि भगवान लाई जस्तो गर्नु पर्छ । बरु भगवानले सुन्दैनन् त्यसैले गाली गर्ने मान्छेले भगवानलाई गर्लान तर सेंपाई लाई सक्दैनन्। यति भन्दैगर्दा हामीले बाल दिन्नम भन्ने पनि नभेटिने हैनन् । तर तिनी त्यो हुन् जो जापान मा आएका छन् तर जापानी सस्कारलाई अंगाल्न चाहन्नन् । अन्यथा सबै ले नै फलो गरिराखेका हुन्छन ।
त्यस्तो गर्नु पर्ने कारण पनि माथि सेंपाई ले गरेको सहयोगले प्रस्ट पारेको हुनुपर्छ। तिनै सेंपाईलाई ढोग्दै सुरु भयो काम खोज्ने यात्रा र त्यहि क्रममा माथि उल्लेख गरेको दाईले गाउँमा खेत र पुरानो घर भएको एक जना वृद्दसंग चिनजान गरिदिनु भयो । सो व्यक्ति मार्फत मैले जापानमा पहिलो पटक रोजगारीको अनुभव प्राप्त गर्न सफल भएको थिएँ ।

जापानमा पहिलो पटक गर्ने काम भनेको बेल्चा हान्ने ,जंगल फाँडने ,सागको झार गोड्ने यस्तै काम हुन् । जुन काम मैले नेपालमा करले पनि गरेको थिईन् ।

मेरो काम बिदाको दिन बिहान ९ बजे गाडी चढेर ११ बजे तिर काम मा पुगेर ४ बजे सम्म काम गरि ६ बजे घर फर्किउ पर्ने हुन्थ्यो ।
त्यहि काम पनि हप्तामा २ जना ले मात्र पाउने र बेरोजगारहरु ८ जना जति भएको ले ३/४ हप्ता मा १ पटक पालो आउने गर्थ्यो।

त्यस्तो कामलाई रोजगारी भन्न मिल्ने अवस्था थिएन। त्यो अनुभब पढ्न त्यति मज्जा हुदैन होला जति अनुभब गर्ने लाई हुन्छ ।
त्यो त ३ महिनाको लागि बाहिर काम खोज्न नपाइने भएर टाईमपास मात्र थियो । हामीलाई वास्तविक काम त्यसपछि खोज्नु आवश्यक थियो ।

हाम्रो भाग्य भनौ या स्कुलको चतुर्याइँ हामी भन्दा पहिला आउने दाईहरुले काम नपाएर स्कुललाई पैसा बुझाउन नसकेको भएर हामीलाई ४५ दिन मै वोर्क परमिट दिएको थियो ।जसका कारण हामीले काम खोज्ने मौका पाएका थियौं ।

स्कुलमा सबै भन्दा भन्दा राम्रो भाषा भएको भएर स्कुलले काम खोज्दिन सहयोग नगरेको हैन तर के गर्नु काम गर्नको लागि चाहिने भाषा नभए पछि काममा कसैले राख्दैन थियो ।

काम खोज्नको लागि पत्रिका पाइन्थ्यो हेर्न आउँदैनथियो । सेंपाईले १/२ ओटा खान्जी(सफाई ,किचन, र मुख्य “चाहियो (जापानी मा बोस्यु )”) चिनाईदिएका थिए त्यसैको भरमा कामको लागि फोन गरिन्थ्यो । अहिले भाषा बुझ्न्ने भए पछि सोच्छु कोठामा बस्ने मान्छे चाहियो ,हस्पिटलमा नर्स चाहियो ,अनि कुकुर चाहियो भनेर आएका यस्तै यस्तै विज्ञापनमा धेरै पटक फोन गरियो होला ।
दाईहरु लाई देख्यो कि पत्रिका लिएर फोन गर्न मिल्ने ठाउँमा गोलो लगाईदेउ भनेर दिनभरी फोन गर्ने गरिन्थ्यो ।

विज्ञापन लेखेर राखेको पढ्यो अनि त्यसैको भरमा केहि नसोधी बोलायो भने नक्शा खोज्न गयो नत्र केहि नबुझेर सोध्यो भने फर्काउन आउदैन अनि फोन काट्ने गरिन्थ्यो ।

नक्सा खोज्नलाई पनि अहिले जस्तो न iphone हातमा थियो न त ipad नै थियो । कागज को नक्सा खल्तीमा हालेर घन्टौ खोज्दै हिडेको व्यथा अत्यन्त पीडादायी थियो । त्यस्तै गर्दा गर्दै २ महिना बित्यो र अलिअलि जापानी भाषाको लवज पनि बुझ्ने भएको थिएँ । त्यो समयमा बल्ल अरुबाट साधारण प्रश्न आयो भने फर्काउन सकिन्थ्यो ।

आफुभन्दा धेरै भाषा कम्जोर भएका साथीको काम निश्चित भएर आफ्नो नहुँदाको छटपटीको त कुरै नगरौ। यतिकैमा सेंपाईले सिकाएकै “सफाई” र “चाहियो” भन्ने शव्द एकै ठाउँमा भएको भरमा फोन गरेको जापानमा चर्चित होटेल Love hotel मा लागेछ । जुन होटेलमा विदेशीलाई काम गर्न निषेध रहेछ । तर होटेल को म्यानेजरलाई थाह नभएर हो कि किन हो अन्तरबार्तामा बोलाएको थियो ।मलाई अन्तर्वार्तामा बोलाएको थियो तर त्यतिवेला न मलाई बायोडाटा बनाउन आउँथियो न त ठाउँ खोज्न नै आउँथियो ।

त्यतिवेला सेंपाईलाई बायोडाटा लेख्न अनुरोध गरेर ३० मिनेटको बाटोको लागि ३ घण्टा पहिले गएर खोजे अनि अन्तरबार्ता दिएको थिएँ ।
त्यस अन्तर्वार्ता पछि एकजना अधबैशे आइमाईले मलाई काममा लिने निधो गरेकी थिईन् ।त्यतिवेलाको खुशी बेग्लै थियो । कामको लागि २ दिन पछि बोलाएको थियो तर काम केहो भनेर मलाई थाह थिएन । दुई दिन पछि काममा गईसकेपछी मात्र थाहा भयो कि मेरो काम भनेको होटलमा गेस्टहरुले होटल छाडी सकेपछी उनीहरु बसेको कोठा सफा गर्ने रहेछ ।

मैले त्यहाँ मिनेटमा एक कोठा सफा गर्नुपर्थ्यो । अन्त कतै काम पाउने सम्भावना नभएकोले खुशी नै मानेर काम गरियो। तर काम गर्न लागेको २० दिन जति भएपछी म्यानेजरलाई बिदेशीले काम गर्न नपाउने भन्ने थाह भएछ अनि छोड्न भन्यो अनि छोड्न बाध्य भए ।
अब त आएको ३ महिना जति पनि भएको थियो र १ महिना जति जापानी संग भाषा बोलेकै भएर सामान्य भाषा बुझ्नलाई त गार्हो थिएन र उही सेंपाईले भनेको भरमा “किचन ” र “चाहियो ” लेखेको भरमा कामको लागि फोन सम्पर्क गरिरहेको थिएँ ।

मैले त्यसरी गरेको फोन जापानी बुढा बुढीले चलाउने गरेको रक्सि भट्टीमा पुगेछ ।रक्सि भट्टीमा अन्तर्वार्तामा बोलाईसकेपछी म गएको थिएँ ।
पुरानो पसल खासै नचल्ने बुढा बुढी मात्रै भएको बुढी अलि अपाङ्ग जस्तो भएको भएर मान्छे खोजेको रहेछ र मलाई काममा राखिहाल्यो ।

 

तिनी बुढीलाई सबै ले मायाले मामा(आमा ) भन्दा रहेछन र मैले पनि अनुमति लिएर आमा भन्न थाले। जापान आएर ३ महिना दुख पाएकोमा सच्चिकै आमा नै भेटे जस्तो लागेको थियो र उनको बानी अनि मलाई दिएको माया पनि आमा भन्दा फरक थिएन।
प्राय जापान मा १ महिना पुगेपछि तलब आउछ तर मेरो दिनदिनै आउथ्यो। १ घण्टा को ७०० तलब थियो ३-६ घण्टा काम हुन्थ्यो। ६ घण्टा काम भयो भने त ४२०० तलब नै आउथ्यो अनि आमा अतिनै दयालु भएको भएर ५००० जति दिन्थिन। अझ काम सकिएपछि जे खान मन लाग्छ त्यहि बनाइदिने देखि लिएर जे पिउन मन लाग्छ त्यहि पिउन दिन्थिन् ।
एउटा ७ समुद्र परि बाट आएको बिदेशी लाई त्यति धेरै माया सायदै कुनै आमा हरुले गरुन। तर त्यो पसलका साहु भने मनका दयालु नै भएपनि झनक्क रिसाईहाल्ने स्वाभावका थिए । त्यो होटलमा मैले भाडा माझ्ने मात्र काम होला फोन गरेको थिएँ तर त्यहाँ पकाउने सम्मको काम लगाएपछि धेरै नै गार्हो हुनेगर्थ्यो ।
मलाई न समान को नाम थाह छ न परिकार को नाम थाह छ न नजानेको सोध्न नै आउछ । जिन्दगिमा पहिलो पटक नोकरी गर्दै छु नत काम गर्ने तरिका नै थाह छ ।मलाई त्यतिवेला धेरै नै गाह्रो भएको थियो ।

नेपालमा हुँदा बाहिरी मान्छे कसैको पनि गाली नखाई हुर्के को म एक्कासी बिदेशी ले गाली गर्दा पहिलो चोटी आफ्नै जिन्दगीलाई धिक्कारिरहेको थिएँ ।

तर जति साहु रिसाउथे त्यो भन्दा दोब्बर माया साहुनी आमाले मलाई गर्थिन । त्यसैले साहुको बचन मैले बिर्सिहाल्थे । साहुले गालि गरेको दिन मलाई आमाले १००० लुकाएर समेत गर्थिन् ।त्यस्तै गर्दा गर्दै मैले त्यो पसल मा काम गर्न लागेको ५ महिना बितिसकेको थियो ।
तर अझै मैले काम जानेको थिएन ।

यसपछि आमाले पनि एक दिन गालि गरिन अनि धेरै नमज्जा लाग्यो । त्यसपछि मैले त्यो पसलमा काम नगर्ने निधो गरें अनि एक बोतल बियर पिएर पसलमा फोन गरें । अब देखि म काममा आउँदिन भने साहुलाई फोन गरिदिएँ ।

अनि मैले अन्यन्त्र काम गर्न थाले । फेरी अर्को रक्सि पसलमा मैले काम गर्न थाले । भट्टी को काम हप्ता मा ६ दिन हुन्थ्यो । कहिले ११ बजे सम्म त कहिले १० बजे सम्म काम गर्नुपर्थ्यो ।
अनि रातको काम कहिले हुने कहिले नहुने जस्तो भरपर्दो भएन । कहिले बिहान २ बजे बाट कहिले ३ कहिले ४ बाट सुरु हुने। नेपालमा तिहारमा १ रात अनिदो बसेर तास खेल्दा १ हप्ता सम्म निद्रा नपुग्नेमा २ घण्टा सुतेर मध्यरातमा काममा हिड्नु पर्थ्यो।
त्यतिवेला मेरो काम भनेको फिश मार्केट गर्ने थियो । जनवरी महिनाको चिसो समुद्रको आईसमा काम गर्नुपर्ने अवस्था त्यतिवेला बनेको थियो ।
त्यतिवेला ५५ किलो को ज्यान ले लगातार दिनको ५/६ घण्टा ८० किलो सम्म को माछा लतार्नु पर्थ्यो ।

त्यो ठाउँमा १२०० घण्टा को तलब हुने भएर मरेरै भए पनि ३ महिना दुख गरें ।मेरो जीवनको खगोशिमा क्षेत्रमा गरेको दुखको कथा यसरि सुरु हुन्छ । भट्टी म%

तपाईको प्रतिक्रिया दिनुहोस्