नेपाली एकता समाज जापानको सांगीतिक धमाकामा सम्पन्न

जापान । नेपाली एकता समाज जापानले नयाँ वर्षको उपलक्ष्यमा सांगीतिक धमाका २०१७ सम्पन्न गरेको छ ।
जापानको चिसो मौसममा नेपालका ख्यातीप्राप्त कलाकारहरुले प्रस्तुत गरेको साँगीतिक प्रस्तुतीमा रमेका थिए । कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरुले आ–आफ्ना चर्चित प्रस्तुतीहरु पस्कीएका थिए ।

कार्यक्रममा चर्चित जनगायक जीवन शर्मा, लोक गायक विष्णु खत्री र लोकदोहोरी गायिका मुना थापाले प्रस्तुती दिएका थिए । कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका कलाकार एवं प्रगतिशिल पत्रकार महासंघका अध्यक्ष नारायण शर्माले पनि प्रस्तुती दिएका थिए ।

डिसेम्बर अन्तिम दिन सिनओसाका र जनवरी २०१७ मा टोकियोमा कार्यक्रम प्रस्तुती गरिएको थियो । जापानमै रहेर कलाकारीता गरिरहेका कलाकारहरुले समेत कार्यक्रममा आफ्नो प्रस्तुती पस्कीएका थिए ।

कलाकारहरुदे देश भक्तिका गाना गाउँदा प्रवासमा रहेका नेपालीहरुको आँखा रसाएका थिए । कार्यक्रममा नेपाली पञ्चे बाजाको प्रस्तुतीले माहौल थप तातिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?