जापान । प्राकृतिक सुन्दरताले भरिपूर्ण देश जापानका केहि यस्ता पर्यटकीय स्थलहरु छन् जहाँ एक पटक भ्रमण गरिसकेपछि पटकपटक आउन मन लाग्छ ।
जापानलाई ज्वालामुखीद्वारा निर्मित टावरहरुको देश, निलो तालहरुको देश तथा प्राचिन मन्दिर तथा स्तुपाहरुको देश भनेर पनि चिनिन्छ ।
त्यस्तै अत्यन्त मनमोहक स्थान तथा प्राकृतिक सम्पदाहरुले भरिपूर्ण जापानका केहि प्रमुख स्थानहरुको सचित्र व्याख्या यहाँ गरिएको छ ।
फुजी हिमाल
फुजी हिमाल जापानको सबैभन्दा अग्लो हिमाल हो । टोकियो बाट ६० माईल टाढा रहेको यो हिमाल जापानको शानको रुपमा परिचित छ ।
सुनौलो स्तुपा (Golden pavilion)
सन् १३९७ मा निर्मित वुद्द धर्मावलम्बीको स्तुपा जापनको क्युटोमा रहेको प्रख्यात स्तुपा हो ।यो स्तुपाको माथिल्लो दुई तल्लाहरु सुन द्वारा निर्मित भएको हुनाले पनि यसलाई सुनौलो स्तुपा नाम दिईएको हो ।
आसो हिमाल
आसो कुजी राष्ट्रिय निकुन्जमा रहेको आसो हिमाल जापानको सबैभन्दा ठुलो ज्वालामुखी हिमालको रुपमा परिचित छ। जसलाई केन्द्र बनाएर प्रायजसो ज्वालामुखी विस्फोट हुने भएको हुँदा यसलाई ज्वालामुखी विस्फोटक हिमाल पनि भन्ने गरिन्छ ।
मात्सुसिमा
जापानको क्युटोमा रहेको २६० साना समुन्द्री टापुहरु द्वारा निर्मित मात्सुसिमा तीन प्रख्यात टापुहरुको केन्द्र मानिन्छ ।
त्यो टापु हरिया सल्लाका रुखहरुले मज्जा संग ढाकिएको छ ।
तोजिन्वो
जापानको प्राचिन ढुंगे सभ्यातालाई झल्को दिने १०० फिट भन्दा अग्ला ढुंगाका आकृतिहरु देख्नमा अत्यन्त मनमोहक देखिन्छन् ।
यो तोजिन्वो पनि पर्यटकहरुका लागि प्रख्यात स्थल मानिन्छ ।
मासु ताल
विश्वकै सबैभन्दा सफा तालको रुपमा परिचित जापानको मासु ताललाई ‘अनौठो ताल ‘को उपमा दिईएको छ । स्थानीयहरु भन्छन् मासु ताल घाम लागेको बेलामा हेर्ने हो भने जीवनकै सबैभन्दा आनन्ददायी क्षणको अनुभव हरेक व्यक्तिले गर्न सक्नेछन् । देख्दा शान्त, उही समान गति तथा शालीन देखिने यो ताल जापानको सबैभन्दा प्रख्यात तालको रुपमा परिचित छ ।
जाओ हिमाल
अधिकांश समय हिउँ परिरहने जापानको यो हिमालको आकर्षण भनेको जाडोको समयमा त्यहाँ रहेका अओमोरी फिरी नामको रुखमा हिउँले ढाक्दा देखिने मनोरम दृश्य हो । जनवरी र मार्च महिनामा अधिकांस पर्यटकहरु केवलकार बाट त्यो दृश्य हेर्न त्यस हिमाल तिर आउने गर्छन् ।