लामाे समय नेपाली सांगीतिक क्षेत्रबाट हराएका गायक युवराज आचार्यकाे नयाँ गीत “बिजुली” (भिडियाे सहित)

जापान । लगनको महिना शुरुभए संगै नेपाली लोकदोहोरी गायक गायिकाले लगनको महिनालाई लक्षित गर्दै बनाएका पञ्चेवाजाका गीतहरु रेडियो तथा टेलिभिजनमा गुञ्जिन थालेका छन् ।

नेपाली लोकदोहोरी सर्जक युवराज आचार्यले लगनको महिनालाई लक्षित गर्दै  “बिजुली” नामक पन्चेवाजा गित दर्शक समक्ष ल्याएका छन् । लामो समय पछि नेपाली लोकदोहोरि क्षेत्रमा पुन प्रवेश गरेका अाचार्यकाे  म्युजिक भिडियोलाई आशिष म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।

नेपालको लोडसेडिङकाे समस्या प्रति व्यङ्ग्यात्म शव्द सिर्जना गरिएको सो गितमा युवराज आचार्यकै लय तथा शव्द रहेको छ ।
युवराज आचार्य तथा गायिका मनमाया वाईवाको स्वर रहेको  गितमा मोडल शंकर बिसी तथा पार्वती राई,गायक युवराज आचार्य तथा रिना थापा को अभिनय रहेको छ ।

लामो समय पछि सांगीतिक क्षेत्रलाई निरंतरता दिएका युवराज आचार्यको साे गितमा’ घर मायालुको मुस्कानले नै झलमल भयो’ जस्ता शव्द रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?