अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी भएसंगै जापानले गर्यो यस्तो घोषणा

 जापान । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएसंगै जापानले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

बुधबार भएको अन्तिम मत परिणाम पश्चात अमेरिकाका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रप ४५ औं राष्ट्रपतिका रुपमा निर्वाचित भए पश्चात जापानले अाफ्नाे धारणा सार्वजनिक गरेकाे हाे ।

जापानी प्रधानमन्त्री सिन्जु आवेले अमेरिकी राष्ट्रपति भवन ह्वाईट हाउसमा आउने ट्रम्प समर्थित प्रशासनिक निकायका अधिकारिहरुलाई वाशिंगटन गएर जापानी सरकारको प्रतिनिधि मण्डलले भेट्ने बताएका छन् ।

आवेको भनाईलाई उधृत गर्दै चिफ क्याविनेटका सेक्रेटरी योशिहिदा सुगाले राष्ट्रपति निर्वाचनमा ट्रम्प ले जित्ने निश्चित जस्तै देखिएपछि जापान सरकारले त्यस्तो निर्णय गरेको बताए ।

जापानले ट्रम्पले जित्ने कुरामा अपेक्षित नतिजाको अनुमान गरिनसकेको हुँदा अन्तिम नतिजासम्म हेरेर आवेले योजना बनाएको सुगाले बताए।

अमेरिकामा राष्ट्रपतिमा कुनै पनि उमेदवार विजयी भएपनी जापानको वैदेशिक नीति र दुई देश विचको सहकार्यमा खासै फरक नपर्ने कुरामा जापान दृढ रहेको पनि सुगाले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?