एनआरएन कान्तोको विद्यार्थी सेमिनार तयारी अन्तिम चरणमा, आइतबार अन्तिम छलफल हुँदै ।

टोकियो । गैरआवासीय नेपाली संघ जापानको (एनआरएन) कान्तो क्षेत्रीय समितिको आयोजना र नेपाल जापान विद्यार्थी समाज जापानको सहयोगमा हुन लागेको विद्यार्थी सेमिनारको तयारी अन्तिम चरणमा पुगेको छ ।

कार्यक्रमको अन्तिम छलफलको लागि यही अक्टोवर १६ तारिख आइतवार एनआरएन जापानको कार्यालयमा छलफल राखिएको कार्यक्रम संयोजक तथा एनआरएन कान्तोका संयोजक प्रकाश थापाले जानकारी दिएका छन् ।

अन्तिम छलफल आइतवार दिनको १:३० बजेबाट एनआरएन जापानको कार्यालय ओकुबोमा गर्न लागिएको आयोजकले जनाएको छ ।

विद्यार्थीहरूका लागि धेरै लाभदायक मानिएको उक्त कार्यक्रममा जापान बारे धेरै बुझेका, जापानमै अध्ययन गरी विभिन्न क्षेत्रमा आफ्नो कर्म थलो बनाई काम गर्दै आएका सेम्पाइहरूसंगको प्रत्यक्ष बहस कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको छ ।

कार्यक्रममा डा.विजय ज्ञवाली, दिनेश रतला जोशी, यशु बस्नेत, जापानी काचुइ सुजुकी, जापानी थागुची, मनिष बज्राचार्य, सचिन राई, विश्वशेर रेग़्मी, सन्तु लामा र प्रकाश थापासंग दुई चरणमा अंतरंग कुराकानी गर्न सकिने सचिव नविन निउरेले बताए ।

सेमिनार कार्यक्रम अक्टोवर २३ तारिख आइतवार दिनको ठीक २ बजेबाट ओच्यानोमिज़ूमा रहेको डिजिटल हलिवुड विश्वविद्यालयमा हुने आयोजकले जनाएको छ ।

कार्यक्रम सहज रूपमै उपस्थित हुन सकिने भएकोले प्रत्यक्ष लाभ लिन सकिने महत्वपूर्ण कार्यक्रममा समय मिलाएर उपस्थित हुन आयोजकको तर्फबाट विशेष आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?