हिरोसिमा नागासाकीमा अमेरिकी एटम बम हमलाको ७१ वर्ष (फोटो फिचर)

जापान। विश्वमा हिरोसिमा र नागासाकी यस्ता शब्द हुन् जसलाई धेरै मानिसले महसुस गर्न सक्छन् । आज भन्दा ७१ वर्ष अघि अमेरिकाको आणविक बम आक्रमणमा ध्वस्त भएका यी दुई शहरको त्यतिबेलाको सम्झना गर्दा अहिले पनि आङ जिरिङ्ग हुनेगर्छ ।

हालको हिरोसिमा

अमेरिकाले हिरोसिमामा आणविक बम आक्रमण गरेको ३ दिनपछि नागासाकीमा सन् १९४५ को अगस्ट ९ तारिकमा ‘फ्याट म्यान’ नामको परमाणु बम खसालेको थियो ।
आणविक बम आक्रमण र त्यसका असरको कारण नागासाकीमा मात्र ७० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । अमेरिकाले खसालेको त्यो नरसंहारकारी ‘फ्याट म्यान’को तौल ४ हजार ६ सय ३३ किलो , लम्बाई ३ दशमलव ३ मीटर र गोलाई साढे एक मीटर थियो ।

 हिरोसिमामा खसालिएको लिटिल ब्वाई नामको बमका कारण भने १ लाख ४० हजार भन्दा धेरैले ज्यान गुमाएका थिए । यी दुई ठाउँमा गरिएको आक्रमणपछि जापानले अमेरिका सामु आत्मसमर्पण गरेको थियो ।
एटम बमले क्षतविक्षत बनेको हिरोसिमा र नागासाकी सहरका दुर्लभ तस्विरहरु हेर्नुस्

fat-man hiroshima-nagasaki1 hiroshima-nagasaki2 hiroshima-nagasaki3 hiroshima-nagasaki4 hiroshima-nagasaki6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?