बेलायतको प्रसिद्द डिजिटल कम्पनी एआरएमलाई जापानको सफ्टबैंकले किन्यो

warren-east-n-big
Arm कम्पनीका कार्यकारी (२००३-२०११)

armजापान । बेलायतको प्रसिद्द डिजिटल कम्पनि एआरमलाई जापानको सफ्टबैंकले ३२ बिलियन डलरमा खरिद गरेको छ । एमआरएम कम्पनीले शुक्रवार आफ्ना सेयरहोल्डरहरुलाई ५० प्रतिशत रकम चुक्ता गर्दै बन्द बजार मूल्य १६.८ बिलियन पाउण्डमा सेयर स्वीकार गर्न अनुरोध गरेको थियो ।
क्याम्ब्रिजमा रहेको सो कम्पनी बेलायतको प्रविधिको बहुमुल्य गहनाको रुपमा लिईन्छ । यो कम्पनिले गर्ने माईक्रोचिप डिजाईन आईफोन लगायत विभिन्न इलोक्ट्रोनिक सामानहरुमा पनि गरिएको छ ।
जापानको सफ्टब्यांकले एआरएमलाई खरिद गरे लगत्तै भनेको छ “हामीले एआरएमले गर्दै आएको माईक्रोचिपलाई घरायासी र व्यावसायमा प्रयोग हुने सामानहरुमा अत्याधिक उपयोग हुने गरि अघि बढ्नेछौ । “softbank

आर्थिक विश्लेषकहरुले बताए अनुसार जापानको सफ्टव्यांकले एआरएमको कार्य क्षमतालाई आगामी पाँच वर्षमा दोब्बर बनाउने विश्लेषण गरेका छन् ।
बेलायतमा एआरएम सन् १९९० मा स्थापना भएको विश्वप्रसिद्द डिजिटल कम्पनि हो । जहाँ तीन हजार भन्दा बढीले काम गर्ने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?