जापान भाषा वक्तृत्वकलामा सहभागीहरु नेपाल–जापान विद्यार्थी समाजद्वारा सम्मानित

Photo 1टोकियो । नेपाकेन जापानले आयोजना गरेको जापानी भाषाको वक्तृत्वकलामा सहभागीहरुलाई नेपाल–जापान विद्यार्थी समाजले सम्मान गरेको छ ।

प्रतियोगितामा सहभागीहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । नेपाल जापान विद्यार्थी समाजले सहभागी विद्यार्थीहरुलाई सम्मान पत्र सहित सम्मान गरेको हो ।

सहभागी विद्यार्थीलाई नेपाल–जापान विद्यार्थी समाजका सल्लाहाकर तथा कार्यक्रम संयोजक दिपकबाबु नेपाल तथा नेपाल जापान विद्यार्थी समाजका अध्यक्ष सन्तोष चोखालले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

कार्यक्रममा आएका विद्यार्थीहरुलाई भाडा खर्च समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदीप कार्की, अन्जना राजवंशी, आकाश अर्याल, सुजित मानन्धर, तिलक कुमारी मगर, विश्व कर्माचार्य, सुनिता लामा, पुनम थापा मगर, बानु फातिमा, दुर्गा बहादुर खत्री, विनुका खड्का र साजन श्रेष्ठलाई सम्मान गरिएको हो ।

कार्यक्रम समाजका महासचिव चेतन पौडेलले संचालन गरेका थिए भने उपाध्यक्ष ईश्वर भट्टराईले कार्यक्रमबारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा उपस्थित विद्यार्थीले यो कार्यक्रमले अन्य विद्यार्थीलाई समेत हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

Photo 2

Photo 3

Photo 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?