जापानमा आज ‘फूलैफूलको मौसम तिमीलाई’ को दोस्रो शो

Fulai fulko Mousam timilaiटोकियो । जापानमा आज (शबिनार) साँझ ६ बजे नेपाली कथानक चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ को दोस्रो च्यारिटी शो हुदैछ ।

नेपालको धादिङ जिल्लामा तुइनबाट झुण्डिएर जोखिमपूर्ण रुपमा विद्यालय जान बाध्य विद्यार्थीका लागि झोलुङ्गे पुल निर्माणार्थ उक्त चलचित्र जापानमा प्रदर्शन गरिन लागेको हो ।

चलचित्र निर्माता तथा निर्देशक दिनेश डिसीको समेत उपस्थितिमा टोकियोको सोलमारीस्थित नेपाली मुरा हल शिन ओकुबोमा साँझ ‘म नेपाली ग्रुप’ को आयोजनामा चलचित्रको दोस्रो शो हुन लागेको हो ।

यसअघि मार्च २७ तारिखमा पनि चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ टोकियोमा प्रदर्शन गरिएको थियो ।

चलचित्र प्रदर्शनबाट उठेको सम्पूर्ण मुनाफा रकम झोलुङ्गे पुल निर्माणका लागि खर्च गरिने छ । सोही कार्यक्रममा धादिङको मझुवामा झोलुङ्गे पुल निर्माणका लागि जापानमा उठेको रकम हस्तान्तरण गरिने छ ।

अमिर अलीको प्रस्तुती रहेको रोमान्टिक प्रेम कथा एवं सस्पेन्स कथावस्तु समेटिएको ‘फूलै फूलको मौसम तिमीलाई’ मा दिनेश डिसीको कथा तथा निर्देशन र सुरेश अधिकारीको संगीत रहेको छ ।

चलचित्रमा वास्तविक जोडी नायिका नीता ढुंगाना, नायक आमेश भण्डारी, विजय लामा, गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?