नेपाल–जापान मैत्री राजदूतमा योचिरो मिउरा

काठमाडौ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकीका अवसरमा प्रसिद्ध जापानी पर्वतारोही योचिरो मिउरालाई मैत्री राजदूत नियुक्त गरिएको छ ।

जापानको वैदेशिक मामिला मन्त्रालयले दुई मुुलुकबीचको भ्रमण आदानप्रदान र मित्रतालाई प्रवद्र्धन गर्ने उद्देश्यले मिउरोलाई मैत्री राजदूत नियुक्त गरेको यहाँस्थित जापानी दूतावासद्वारा विज्ञप्तिमा जनाइएको छ ।

नेपालसँग घनिष्ट सम्बन्ध रहेकी मिउराले तीन पटकसम्म सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
तेस्रो पटक सगरमाथा आरोहण गर्दा ८० वर्षकोथिए ।

साठीऔँ वार्षिकीका अवसरमा लोगो पनि छनोट गरिएको छ । लोगोमा जापानको राष्ट्रिय फूल साकुरा, नेपालको राष्ट्रिय फूल लालीगुराँस र दुवै देशको मित्रताको प्रतीक हिमालयलाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?