टोकियोमा ३ लाख धनराशीको मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजना हुदैँ

टोकियो । “स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल” भन्ने मुख्य नारा सहित सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लबले नेपाली नयाँ वर्ष २०७५ तथा क्लबको वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्ष पनि चौथो मैत्रीपूर्ण रनिङ्ग कप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

स्थापना काल देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको क्लवले यस वर्ष पनि मैत्रीपूर्ण भलिवल प्रतियोगिता अप्रिल महिनाको १८ तारिख बुधबार टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१ हिगासी कामता (Ota-ku Sports Center1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo) मा गरिने र विगतका प्रतियोगिता भन्दा पृथक र थप ब्यवस्थित बनाउन कार्यक्रम आयोजक टिम बनाई आन्तरिक तयारी गरिरहेको क्लबका सचिब तथा कार्यक्रम प्रचार प्रसार संयोजक दुर्गा बहादुर खत्रीले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागिताका लागि जापानमा क्रियाशील संघ संस्था र कल्बहरुलाई टिम दर्ताका लागि मार्च २५ देखी अप्रिल १० तारिखसम्म समय सीमा राखी पत्राचार गरिएको र सोही अनुसार अग्रिम दर्ता हुने १६ टिमलाई खेलमा समावेश गरिने जनाईएको छ । प्रदेशी भूमिमा ब्यस्तताका बाबजुत पनि नेपालको राष्ट्रिय खेल भलिबल प्रबर्द्वनका लागि क्लबले निरन्तर प्रतियोगिता संचालन गर्दै आईरहेको र यस वर्ष पनि त्यसकै निरन्तरता स्वरुप कार्यक्रम गर्न लागिएको प्रतियोगिता कभर्ट हल ब्यवस्थापन संयोजक लोकेश खत्रीले जानकारी दिए ।

प्रचलित टि.टि सिस्टम अनुसार नेपाली रेफ्रीहरुद्नारा खेल संचालन गरिने भएकाले खेल निष्पक्ष र ब्यवस्थित तरिकाले संचालनका लागी गृहकार्य भैरहेको रेफ्री तथा खेल संयोजक भबिन थापाले बताए ।

प्रतियोगिता संचालनका लागी प्रायोजनका लागी पनि आह्वान गरिएको र प्रतियोगिताबाट बचेको रकमबाट बागलुङको गलकोट क्षेत्रमा आधिकारिक रुपमा संचालनमा रहेका क्लबहरुलाई खेल सामग्री प्रदान गरिने हुँदा खेलप्रेमी सम्पुर्णका लागी आर्थिक, भौतिक र नैतिक सहयोगको लागि आह्वान गरिएको कल्बका महासचिव लक्ष्मण कार्कीले बताए ।

खेलाडी र खेलप्रतिको सम्मान स्वरूप क्लबले यस बर्ष प्रथम र द्वित्तिय पुरस्कार राशीलाई बढाउदै क्रमश ३ लाख एन र २ लाख यन बनाएको साथै प्रथम स्थान हासिल गर्ने टिमलाई सिल्भरको रनिङकप र उत्कृष्ट ५ बिधामा ५ खेलाडीलाई सिल्भरकै मेडलले सम्मान गरिने क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक रत्नसिंह बस्तेतले बताए ।

क्लबले प्रायोजकहरुलाई सम्मान र खेल सम्बन्धी बिस्तृत जानकारीका लागी अप्रिल ३ तारिख साँझ ४ बजे टोकियोको सिनओकुबो स्थित नेपाली मुरा- सोलमारीको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्